वडाध्यक्षद्धारा जाडोमा वितरण गर्नुपर्ने सिरक चैतमा वितरण गरेपछि

everest kitchen

जनकपुरधाम । चैत महिनामा धनुषाको एक स्थानीय तहमा वडावासीलाई वडाध्यक्षले सिरक बाँडेको छन् ।

जिल्लाको नगराइन नगरपालिका अन्तर्गत वडा नं.७ का ज्येष्ठ नागरिकलाई वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार सिरक बाँडेका हुन् ।

शितलहरको बेला जसोतसो जीवनयापन गरेका विपन्न ज्येष्ठ नागरिकहरूलाई गर्मी याममा सिरक बाँडिएपछि सामाजिक सञ्जालमा वडाध्यक्ष साहको निकै टीकाटिप्पणी भइहरेको छ ।

नगरपालिकाभित्र जनप्रतिनिधिहरुबीच रहेको विवादले गर्दा नगर सभा ढिला भएको कारण सिरक चैत्रमा बाँडिएको वडाध्यक्ष साहले बताए । उनले माघ १८ गते नगर सभा भएपछि १५ दिन पश्चात् प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी पाए । तत्पश्चात् कोटेसन प्रक्रियामा जाँदा जाँदै ज्येष्ठ नागरिकलाई सिरक बाँड्न ढिलाइ भएको उनले बताए ।