नेपाल टेलिभिजनमा प्रेस सेन्टर नेपालको प्रतिष्ठान शाखा कमिटी गठन

everest kitchen

काठमाडौं । नेपाल टेलिभिजनमा प्रेस सेन्टर नेपालको प्रतिष्ठान शाखा कमिटी गठन गरिएको छ । नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक चूडामणि नेपालको अध्यक्षतामा कमिटी गठन गरिएको हो ।

कमिटीमा हरिगोबिन्द श्रेष्ठ, मोहनसिंह महर्जन, सन्तोष धिताल लगाएतका पत्रकारहरु सदस्य रहेका छन् । कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष बिदुर खड्काले नेपाल टेलिभिजनमा स्थापना गरिएको कमिटीले पत्रकारहरुको हक हितमा काम गर्ने विश्वास लिइएको बताए ।