एक वृद्धको पेटमा रक्सीको बोतल भेटियो

everest kitchen

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा रक्सीको बोतल भेटिएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी अनुसार एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको छ ।

बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको हो ।

बिरामीकाअनुसार केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोटल भेटिएको थियो ।