राष्ट्रिय तामाङ कलाकार संघको वनभोज

everest kitchen

अमिर लोप्चन
काठमाडौ । राष्ट्रिय तामाङ कलाकार संघको आयोजनामा बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न। ‘सामुहिक एकता आजको आवस्यकता’ भन्ने मुल नाराको साथ गठन गरिएको राष्ट्रिय तामाङ कलाकार संघले आयोजना गरिएको यो पहिलो कार्यक्रम हो ।

वैशाख ९ गते शनिबार जरसिङ पौवा पुगेका कलाकारको टोलिले कार्यक्रमको सुरुवाती चरणमा औपचारिक कार्यक्रम राखेका थिए । छोटोमा औपचारिक कार्यक्रम सम्पन्न पस्चात सामुहिक भोजन र त्यसपछी विभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुतिहरु सहित वनभोज कार्यक्रम संचालन गरिएको थियो ।

चर्चित गायक तथा संगीतकार अमृत लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी संघकै संरक्षक एवं म्हेन्दोला फोलेका प्रस्तोता,समाजसेवी सुनिल लामा रहेका थिए । अतिथिहरुमा गायक तथा संगीतकार सुसन लामा, तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, नायिका शुस्मा मोक्तान लगायतका अन्य कलाकारहरु रहेका थिए ।

यसो त तामाङ चलचित्रकर्मीहरुको साझा संस्थाको रुपमा तामाङ चलचित्र संघ नेपाल, र अन्य तामाङ कलाकारहरुकै साझा संगठनको रुपमा नेपाल तामाङ कलाकार संघ चलायमान अवस्थामा नै रहेका छन । पछील्लो समयमा गायक तथा संगीतकार अमृत लामाको अध्यक्षतामा गठन गरिएको उक्त संस्थाको वरिष्ठ उपाध्यक्ष तामाङ समुदायको पहिलो र्याप गायक तथा संगितकार उत्तर लामा र महासचिव सानुबाबु घिसिङ रहेको जानकारी आए पनि बिस्तृत जानकारी सहित औपचारिक रुपमा संस्था गठन तथा स्थापनाको घोषणा भने गरेका छैनन । यद्यपी शनिबार भने नयाँ साल २०८० को शुभकामना आदान प्रदान तथा बृहत वनभोज सांस्कृतिक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेका छन ।

अग्रज हस्तिहरु देखी नयाँ पुस्ता सम्मका कलाकारहरुलाई समेत समेट्दै समान ढङ्गले संस्थामा आवद्ध गराउने र तिनै कलाकहरुको हक हितको निमित्त संघ खम्बा झै उभिरहने हाल गठन गरिएको तदर्थ समितीले यथासिघ्र वृहत रुपमा भेला गरेर उक्त भेलाबाट नै संस्थाको बिधान सार्वजनिक गरिनुका साथै संस्था स्थापनाको घोषणा समेत एकै दिन गर्ने अध्यक्ष अमृत लामाले बताए ।