एसीसी प्रिमियर कप फाईनल खेल सुरु : नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोज्यो

everest kitchen

विपेन उलङगे,काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

जारी खेलका लागि कप्तान रोहित पौडेलले नेपालका लागि फिल्डिङ गर्ने निर्णय गरेका छन् । प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्।

शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो।

फाइनल खेल हेर्न मौसमका बाबजुद पनि बिहान ६ बजेदेखि दर्शकहरु खेल मैदान पुगेका छन् ।