छैठौं हिमालयन गोल्ड कप चाइनिज न्यू इयरमा हुने

everest kitchen

 

ईश्वर राई
मलेसिया । छेटौं हिमालयन गोल्डकपको तयारीको लागि परामर्श तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकोछ ।
हिमालय फूटबल क्लब मलेसियाले मे ५ तारीख मलेसिया स्थित आस्ताका फुटबल मैदानमा एसियाका फुटबल जगतका उच्च पदस्थ ब्यक्तित्वहरुसंग परामर्श लिएको हो ।
हिमालयन फुटबल क्लबको निमन्त्रणामा एएफसी दक्षिण एसियाली क्षेत्रीय प्रमुख पुरुषोत्तम कट्टेल, पूर्व राष्ट्रिय फुटबल कप्तान तथा बर्तमान एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का, एन्फाका प्रशिक्षक शिक्षा प्रमुख सञ्जित सिंहले क्लबको पदाधिकारी तथा खेलाडीहरुलाई हौसला दिदै खेल जगतमा निरन्तर लाग्न उर्जा दिएको थिए ।
हिमालयन फुटबल क्लबले नेपाली फुटबल जगतमा गरेको योग्दानको प्रसंशा गर्दै क्लबलाई सधै आफ्नो तर्फबाट सहयोग गर्ने एफसी दक्षिण एसियाली क्षेत्रीय प्रमुख कट्टेलले बताए । खेलबाट स्वास्थ्य लाभ मात्र नभई समृद्धि पनि प्राप्त हुबे भएकोले अनुशासित र निरन्तर खेल्न पूर्व राष्ट्रिय फुटबल कप्तान खड्काले खेलाडिहरुलाई सुझाव दिए । हरेक खेलमा प्रशिक्षणको प्रमुख भुमिका रहनेहुदा क्लबले खेलाडिहरुको प्रशिक्षणमा ध्यान दिनु पर्ने एन्फाका प्रशिक्षण शिक्षा प्रमुख सिंहले आग्रह गरे ।
क्लबका अध्यक्ष सन्तोष कार्र्कीले अतिथिहरुलाई स्वागत गर्दै धन्यबाद ज्ञापन गरेका थिए साथै निकट भविश्यमा नै छैटौं हिमालयन गोल्डकप आयोजना गर्ने जानकारी गराउदै सुझाव, सल्लाह र सहयोगको लागि आग्रह गरे । क्लब र खेलाडिहरुको बारेमा बोल्दै प्रवासमा पनि खेल्ने मौका पाउँदा खुसी भएको क्लबका टिम कप्तान राज कुमार कुमालले बताए ।
परिचयात्मक तथा परामर्श कार्यक्रम पश्चात अफ्रिकन फुटबल क्लबसंग मैत्रीपूर्ण खेल खेलेको थियो । खेलमा हिमालयन फुटबल क्लब र अफ्रिकेन फुटबल क्लबले ३–३ गोल गर्दै खेल बराबरी गरेका थिए ।
छैटौं हिमालयन गोल्ड कप आउदो चाईनिज नयाँ बर्षमा गर्ने तयारीम लागेको बताउदै यस गोल्डकपलाई ऐतिहासिक बनाउने अध्यक्ष कार्कीले बताए ।