ए डिभिजन लिगमा आज तीन खेल हुँदै

everest kitchen

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान ललितपुरमा हुनेछ ।

अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई बिभागीय टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, दशरथ रंगशालामा दिउँसो ३ बजे पहिलो खेल सुरु हुनेछ, जुन खेलमा थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचमा प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाईज भिडनेछन् । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।