दुई ट्रेल दौड धाविका मलेसियामा सम्मानित

everest kitchen

हिमालय टाइम्स संंवादाता ।
क्वालालुम्पुर, मलेसिया । मलेसियामा दुई ट्रेल दौड धाविका सम्मानित भएका छन् ।
मलेसियामा यहि मे १३ र १४ तारिक आयोजित एसिया ट्रेल मास्टर (कोबाइ मलेसिया ट्रेल क्लासिक) ५० किलोमिटर ट्रेल दौड प्रतियोगितामा सहभागि भएर बिभिन्न स्थान हासिल गर्न सफल दुई धाविका सम्मानित भएका छन् ।


प्रतियोगितामा सहभागि भएर धादिङ्ग धुनिवेशीकी रसिला तामाङ्गले उक्त दौड ५ घन्टा ८ मिनेटमा पुरा गरेर प्रथम भएकि थिइन भने ओखलढुगांं मोलुङ्गकि छोकि शेर्पाले ५ घन्टा ४६ मिनेटमा दौड पुरा गरेर तेश्रो भएकि थिइन ।
धाविकाद्वयलाई नेपाल आदिवासी जनजाति महासंघ र शेर्पा संघ मलेसियाले संयुक्त रुपमा प्रशंसा–पत्र, नगद तथा खादाले सम्मान गरेको थियो भने अघिल्लो दिन नेपाल तामाङ्ग घेदुङ्गले एक कार्यक्रमका बिच सम्मान गरेको थियो ।
सम्मान कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपीन राईले खेलकुदमा लागेर स्वास्थ्यसँगै भविष्य पनि सुरक्षित गराउन सकिने बताए ।
त्यसैगरि बिश्व शेर्पा संघका उपाध्यक्ष ङावाङ शेर्पाले शूभकामना ब्यक्त गरेका थिए । साथै नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका महासचिव बिक्रम वाइबा लगायतले सम्पूर्ण खेलाडीहरुलाई आगामि दिनको लागि शूभकामना ब्यक्त गरेका थिए ।
साथै खेलाडीद्वयले पनि सम्मान र माया गरिदिनुहुने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गरेका थिए ।