अमिर र जितुको तामाङ सेलो “माछी जालै”मा सार्वजनिक

everest kitchen

सबिन कुमार लोप्चन,
मकवानपुर । अमिर लोप्चन र जितु लोप्चनको अवाजमा रहेको तामाङ सेलो गित “माछी जालै”मा सार्वजनिकभएको छ ।

रमेश दोङ तामाङको प्रस्तुतिमा अमिर लोप्चन र जितु लोप्चनको अवाजमा रहेको सेलो माछी जालैमा तामाङ सेलो गित संगीतमा फरक धार अनि नयाँ पन सहित तयार भएको निर्माण पक्षले जनाएको छ ।

टि एस सि डिजिटल मिडिया युटुव च्यानल मार्फत रिलिज भएको उक्त गितमा तामाङ गित संगीतमा स्थापित हुन सफल गायिका जितु लोप्चन संगै पछिल्लो समय टिक टकमा चर्चा पाउन सफल गित मोहनी रैछ बोलिका गायक अमिर लोप्चनको अवाज रहेको छ ।

त्यस्तै, दर्जनौ चर्चित गितहरु कोरिसकेका गितकार जिवि तामाङको शब्द संगै उत्कृष्ट गितहरु गाउनुका साथै संगीत भरेका गायक/संगीतकार कोसिस थोकारले बुलन्द संगीत भरेका छन । गितलाई एरेन्ज,मिक्सिङ गायक तथा संगीतकार सानुबाबु घिसिङले गरेका हुन भने पोस्ट प्रडक्सन सन्तोष गोलेले गरेका छन् ।