नेपाल एयरलाइन्सबाट नेपाल जान आरएम ५ सय भन्दा कम, अब सिधै भैरहवाको उडान

everest kitchen

इश्वर राई
क्वालालुम्पुर, मलेसिया । अब क्वालालुम्पुरबाट भैरहवा जान आरएम ५ सय भन्दा पनि कम अर्थात नेपाली १२ हजार ७ सय मात्र पर्ने भएको छ ।


राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा नेपाल एयरलाइन्सले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।
नेपाल जाने यात्रुहरुको सबैभन्दा उत्तम छनौट बन्ने अभियानमा रहेको नेपाल एयरलाइन्सले मलेसियाको जोहोरबारुबाट केएल अन्र्तराष्ट्रिय विमानस्थलमा सटल बस यात्राको पनि सुरुवात गर्ने भएको छ ।
नेपाल एयरलाइन्सको क्वालालुम्पुर–भैरहवा उडान तालिका र टीकट बुकिङ्ग खुलि सकेको छ । अहिले निगमले सातामा एउटा उडान गर्नेछ भने बजार माग अनुसार बढाउन सकिने प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।