राष्ट्रिय मावि सिलिङ्गेमा कक्षा ११ संचालन हुने

everest kitchen

राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेले यस बर्षबाट कक्षा ११ संचालनको लागी राक्सिराङ गाउँपालिकाबाट अनुमति पाएको छ।

२०२२ सालमा स्थापना भएको यस विद्यालयले यो बर्ष भने कक्षा ११ संचालनको अनुमति पाएकोमा वडा नं. ६ वासि उत्साहित भएकन छन। यस विद्यालयमा थप कक्षको अनुमति पाए सँगै अब राक्सिराङ ६,७ र ८ का बिद्यार्थीहरुले खर्चको अभावले शहरी बसाई गर्दै पढ्नुपर्ने बाध्यता हटेको र खर्चको अभावले माध्यमिक शिक्षा अध्यन गर्नबाट बन्चित हुनुपर्ने अवस्था नरहेको बताएको छ ।

राक्सिराङ गाउँपालिकाले शिक्षा ऐन २०२८ (संशोधन सहित) शिक्षा नियमावली २०५९(संशोधन सहित) प्रचचलित कानुन बमोजिम बिधालय संचालनमा लाग्ने सम्पुर्ण खर्च बिधालयले आफ्नै स्रोत बाट ब्यहोर्ने गरी संचालनको अनुमति पाएको प्रधानध्यापक तारा नाथ दुवाडिले बताए।