बीबि एयरवेजले मलेसियाबाट काठमाडौंको फेरि उडान सुरुगर्ने

everest kitchen

ईश्वर राई
क्वालालुम्पुर, मलेसिया । बीबि एयरवेजले नेपाल–मलेसिया (क्वावालुम्पुर)को उडान फेरि सुरु गर्ने भएकोछ ।
केहि बर्ष अगाडी क्वालालुम्पुर–काठमाडौं उडान गरेको अनुभव गरिसकेको बीबि एयरवेजले फेरि उडान सुरु गर्ने बिषयमा यहि मे २१ तारीख एक कार्यक्रमलाई सम्बोधन गर्दै बिबि एयरवेजका अध्यक्ष भवन भट्टले जानकारी दिए । उनले दशै अगाडिबाट उडान गर्ने तयारी रहेको बताएका छन् ।
बीबि एयरवेज नेपालको सबै भन्दा राम्रो सेवा, सुविधा दिने एयरवेज बन्नेछ । यस एयरवेजको पहिलो गन्तव्यमा मलेसिया रहेको छ ।
अध्यक्ष भट्टले हरेक नेपालीले यात्रु बनेर मात्र होइन सेयर लगानी गरेर पनि सेवा सुविधा लिन पाउने र आफ्नो एयरवेज भनेर गर्व गर्ने किसिमको बनाउने अध्यक्ष भट्टले बाताए । जहाजमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को लोगो रहनेछ र गैरआवासीय नेपाली संघद्वारा संचालित लेखिएको हुने बताए । बीबि एयरवेजको हरेक गन्तव्य राष्ट्रका गैरआवासीय नेपाली संघको राष्ट्रिय समितिलाई केही प्रतिशत रेभिन्युको रकम सहयोग गर्न योजना रहेको जनाउदै मलेसियाको उडान शुरु भएकै दिन देखि केही प्रतिशत रकम गैरआवासीय नेपाली संघ मलेसियाको राष्ट्रिय समितिलाई प्रदान गर्ने अध्यक्ष भट्टले प्रतिबद्धता जाहेर गरे । ‘नेपालको अर्थतन्त्रको मुलस्तम्भ हाईड्रो, कृषि र पर्यटन रहेकोले यी क्षेत्रको व्यापक सुधार र बिकास गर्नु पर्नेछ ।’ भट्टले बताए ।
नेपालमा हरेक दिन ४३ वटा एयरलाइन्सका जहाजहरुले उडान गर्ने गरेका छन् । नेपालको नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स मात्र छ । त्यसैले हरेक दिन करोडौं पैसा बिदेशिएको तथ्यांक प्रस्तुत गर्दै बिदेशीने पैसालाई नेपालमै रोक्न बीबि एयरवेजको उपस्थिति रहेको अध्यक्ष भट्टले जनाए । भवन भट्ट गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष पनि हुन् ।