मलेसियामा साकेला (उभौली) कार्यक्रम भब्य रुपमा सम्पन्न

everest kitchen

मलेसिया । किरात राई यायोक्खा क्षेत्रीय समिति ईपोको आयोजनामा उभौली साकेला कार्यक्रम भब्यरुपमा सम्पन्न भएकोछ ।
यहि मे २१ तारिख किरात राई यायोक्खा क्षेत्रीय समिति पेराकका अध्यक्ष रमेश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा किराती साकेला नाचगान प्रस्तुत गरिएको थियो भने, किराति परम्परागत परिकारहरुले अतिथिहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा, बिशेष अतिथि मलेसियाका लागि नेपाली पर्यटन सद्भावदूत नेत्र केसी, किरात राई यायोक्खा मलेसियाका केन्द्रीय अध्यक्ष युवराज साम्पाङ, अतिथि जनसाम्पर्क समितिका प्रतिनिधि सान्तोष रिजाल, गैरआवासीय नेपाली संघ मलेसियाका सह(कोषाध्यक्ष बालध्वज लिम्बू, आर्शिवात फाउण्डेशनका संयोजक कृष्ण आङ्दाम्बे, आरटी फुटबल क्लबका स्थापक राजु तामाङ, ब्यवसायी नीर कुमार राई, शिवराम राई र दिपक राई रहेका थिए ।
शुभकामना मन्तब्यमा कार्यक्रमका प्रमुख अतिथि थापाले नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय सुन्दर राष्ट्र भएकोले सम्मान र सम्बद्र्धन गर्नु सबैको दायित्व रहेको बताउनु भएको थियो । यस प्रकारको सकारात्मक सबै कार्यक्रमहरुमा सहयोग र सहकार्य प्रतिबद्धता जाहेर गर्नु भयो । साथै गैरआवासीय नेपाली संघको उद्देश्य र कार्य योजना बारे बोल्दै मलेसियामा रहेका नेपालीहरुले गैरआवासीय नेपाली संघको पंजिकृत सदस्यता लिनका लागि आग्रह गरे ।
यस्तै मन्तब्यको क्रममा आशिर्बाद फाउण्डेशनका संयोजक आङ्दाम्बेले प्रवासमा रहेर पनि आफ्नो संस्कार संस्कृत बचाउन योग्दा गरेकामा धन्यबाद ज्ञापन गरे ।
मलेसियाको ईपो राज्यको गुलुङ लान प्रांगणमा सम्पन्न यश कार्यक्रममा राई जातिको साकेला नाच प्रदर्शन साथै खानाको परिकारको प्रबद्र्धन गरिएको थियो । कार्यक्रम मलेसियाका विभिन्न राज्यबाट उल्लेखनीय उपस्थिति थियो ।