दिनदहाडै महोत्तरीमा एनएमबी बैंकको ३५ लाख लुटियो

everest kitchen

जनकपुरधाम । महोत्तरीमा हतियार देखाएर दिददहाडै बैंक लुटिएको छ । दिउँसो करिब १२ः२० बजेको समयमा चार जनाको समूहमा आएको हतियारधारी समूहले महोत्तरी गाउँपालिका महोत्तरी बजारस्थित एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटपाट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लका अनुसार बैंकबाट करिब ३५ लाख लुटिएको बताए ।

उनले बैंक लुटेर फरार हतियारधारी समूहलाई पक्राउ गर्न सबैतिर प्रहरी खटाईसकेको बताए । ‘खोजविन तीव्र रुपमा भइरहेको छ,’ एसपी मल्लले भने,‘अपराधीलाई छिट्टै पक्राउ गरी सार्वजनिक गर्छौ ।’