नेपाली क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान, टिममा छैनन् सन्दिप

everest kitchen

विपेन उलङगे
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।

आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको थियो । राष्ट्रिय टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछालाई भने उक्त टोलिमा समावेश गरिएको छैन ।

यद्यपि आफूमाथि लगाइएको ब,लात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएको बताएको छ । आफू राष्ट्रिय टोलीसँग दक्षिण अफ्रिका नजाने भएपछि सन्दिपले सामाजिक सञ्जाल फेसबुकमार्फत दक्षिण अफ्रिका जाने टोलीका अन्य सदस्यलाई शुभकामना दिएका छन् ।

उनले लेखेका छन् ‘मलाई तपाइँहरूको क्षमताप्रति पूर्ण विश्वास छ । तपाइँहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामू आफ्नो क्षमता देखाउनु भएको छ । फेरि तपाइँहरुका अगाडि आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ । तपाइँहरु जहाँ जानु भए पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोला । सफल टोली र सुरक्षित यात्राको शुभकामना ।’

दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै आईसीसी विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्ने क्यानले जनाएको छ ।