राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज काठमाडौंमा

everest kitchen

विपेन उलङगे
काठमाडौँ । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुदैछ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा केही बेरमा रेस्लिङ सुरु हुदैछ ।

प्रवेश निःशुल्क रहेको एकदिने उक्त प्रतियोगितामा विभिन्न पाँच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिष्पर्धाका लागि नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् ।

विजेता खेलाडीहरुले नगद पुरस्कारसमेत प्राप्त गर्नेछन् । जसमा हेभीवेट विजेताले रु एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले रु एक लाख, फिमेल म्याच विजेताले रु ८० हजार र लाइट वेट विजेताले रु ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।