कोरिया र नेपाली सरकारी प्रतिनिधिबीच श्रमिकका बारेमा अन्तरक्रिया

everest kitchen

काठमाडौं । दक्षिण कोरियाको भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको टोली हालै मात्र स्वदेश फर्किएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालको नेतृत्वमा अनुभव आदान–प्रदान, क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रममा भाग लिन कोरिया गएको टोलीले विविध विषयमा छलफल गरेको जनाएको छ ।

भ्रमणको क्रममा नेपाली प्रतिनिधि टोलीले दक्षिण कोरियाली टोली समक्ष नेपाली श्रमिकको सुरक्षा, श्रमिकको अकाल मृत्यु जोखिम न्यूनीकरण, बीमा लगायतका विषयमा कुरा उठान गरेको बताएको छ ।

ईपीएसमार्फत कोरिया गएर फर्किएका नेपाली श्रमिकको दिगो पुनःस्थापना सम्बन्धी परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा समेत छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

नेपालको तर्फबाट सचिव अर्यालसहित मन्त्रालयका सहसचिव उमाकान्त आचार्य, वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, दक्षिण कोरियाका लागि श्रम काउन्सेलर चन्द्रकला वली चौलागाई, मन्त्रालयका उपसचिव दिपेन्द्र पौडेल र वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस शाखाका प्रमुख पुष्पराज कटुवाल सहभागी थिए ।