नेपाललाई युक्रेन बन्नबाट प्रचण्डले जोगाइराख्नुभएको छ : महासचिव गुरुङ 

everest kitchen

बेलायत । माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवाद स्थापना गर्नका लागि पार्टीले तीन महिने जनतासँग विशेष रुपान्तरण अभियान थालेको बताए । जनप्रगतिशील मञ्चद्वारा बेलायतस्थित अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाँडपर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन् ।

उनले समाजवाद स्थापनाका लागि दुईवटा गौडा रहेको र पहिलो गौडा जनयुद्धको बलमा सामन्तवादी निरंकुश सत्ता फ्याँकेर जनताको सत्ता ल्याएपछि पुरा भएको जिकिर गरे। `तीन महिने पार्टीको अभियान किन त? यसका पछाडि तीनवटा कारण छन् । पहिलो नेपालको राष्ट्रिय राजनीतिमा समाजवादी क्रान्तिको विकल्प छैन । अथवा समाजवादी सत्ता स्थापना गर्नुको विकल्प छैन । त्यसका लागि हामीले दुईवटा गौडा पार गर्नुपर्छ । पहिलो सामन्तवादको नेतृत्व गरिरहेको राजतन्त्र फ्याँकेर एउटा गौडा पार गरिएको छ । दोस्रो गौडा भनेको बाँकी छ । त्यो भनेको विदेशीको थिचोमिचो,´ महासचिव गुरुङले भन्नुभयो,` समाजवादी क्रान्तिका लागि विदेशीको थिचोमिचोका गम्भीर चुनौती हो । यो समस्या नपञ्छाइकन समाजवादी क्रान्ति सम्भव छैन ।´

उनले माओवादी जनयुद्धले सामन्तवादीहरुको निरंकुश सत्ता फ्याँके पनि समाजवादका लक्ष्यमा जानका लागि आधारभूत रूपमा नै बाँकी रहेको बताए। सम्पूर्ण कम्युनिस्ट शक्ति, देशभक्त तथा गणतन्त्रवादीलाई एकीकृत गरेर मात्रै समाजवाद तर्फ जान सकिने पनि महासचिव गुरुङले बताए । उनले भने,` समाजवादी लक्ष्य पूरा गर्नका लागि सम्पूर्ण कम्युनिस्टहरू, देशभक्त तथा गणतन्त्रवादीहरू मिल्नुको विकल्प छैन तर त्यसभन्दा पहिला मेचीदेखि महाकालीसम्मका समाजलाई एकताबद्ध गर्न जरुरी छ ।´

उत्पीडित जाती, क्षेत्र, समुदाय लगायतको मुक्ति विना समाजवादमा जान नसकिने र त्यसको मुक्ति दिने काम माओवादीले मात्रै गर्ने पनि दाबी गरे।