आयरल्याण्डसँग पाकिस्तान ५ विकेटले पराजित

everest kitchen

काठमाडौँ । आयरल्याण्डले टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । आयरल्याण्डका लागि एन्डी बलबिर्नीले सर्बाधिक ७७ रन बनाएका थिए भने ह्यारी टकरले ३६ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो । जसमा कप्तान बाबर आजमले ५७ र सैम आयुबले ४५ रन बनाएका थिए ।

यो जितपछि आयरल्याण्ड ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल आइतबार हुने छ ।