आगलागी पीडित ग्रील उद्योगीलाई घरेलु महासघको सहयोग

everest kitchen

काठमाडौं । मोरङको आमबारीमा सञ्चालित ग्रील उद्योगमा आगलागी हुदा घर तथा घरमा सन्चालित ग्रील उद्योगमा भएका सबै मेसिनहरु जलेर नस्ट भइ पीडित एकजना ग्रील व्यवसायीलाई आर्थिक सहयोग वितरण गरेको छ । घरमा भएका सरसामान लत्ताकपडा गरगहना लगायत सबै सामानहरु जलेर नस्ट भइ पीडित ग्रील तथा स्टील ब्यवसायी सघ मोरङका पूर्व उपाध्यक्ष रहिसकेका ग्रील ब्यवसायी शिबराज राजबशीलाई सहयोग हस्तान्तरण गरिएको हो ।
तत्कालका लागि राहत पुग्ने गरी नेपाल घरेलु तथा साना उद्योग महासघ मोरङ शाखाको पहलमा अध्यक्ष चेतन निरौलाले नगद ४५ हजार पाँंच सय रुपैया प्रदान गरे । महासघमा आवद्ध उद्योगी ब्यवसायीहरुलाई सकट परेको बेला र ब्यवसायीका समस्याहरु सम्बोधन गराउन महासघ सधै लागिपर्ने त्यस अवसरमा उनले बताएका थिए ।
महासघकै पहलमा घरेलु तथा साना उद्योग कार्यालय मोरङबाट प्रबिधि हस्तान्तरण स्वरुप दुई लाख बराबरको मेसिनहरु पनि हस्तान्तरण गरियो । साथै बन कार्यालयबाट २ लाख ५० हजार बराबरको काठ उपलव्ध गराइयो । साथसाथै जिल्ला प्रशासन कार्यालयबाट नगद रु .३० हजार सहयोग उपलब्ध गराउने भएको जनाइएको छ । स्थानीय सरकार मार्फत पनि सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष निरौलाले त्यस अवसरमा गराए ।
सोही कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी सघ मोरङ शाखाबाट सघका अध्यक्ष बिनोद ढकालले पीडितलाई नगद रु ४३ हजार पाँंच सय एक रुपैयाँं प्रदान गरेका थिए । सहयोग रकम बुझ्दै पीीडत राजबशीले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै लघु घरेलु तथा साना उध्योगीहरुको एक मात्र छाता सगठन नेपाल घरेलु तथा साना उध्योग महासघ र ग्रील तथा स्टील ब्यवसायी सघ मोरङप्रति आफू सदैब सकृय सदस्यको रुपमा लाग्ने प्रतिवद्धता जनाए । कार्यक्रममा घरेलु महासघ मोरङ र ग्रील सघ मोरङका पदाधिकारी सदस्य र पीडित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।