मानन्धर युवा संघ भक्तपुरको अध्यक्षमा रामबहादुर

everest kitchen

भक्तपुर । भक्तपुर जिल्ला मानन्धर युवा संघमा रामबहादुर मानन्धर निर्वाचित भएका छन् । संघको तेश्रो जिल्ला अधिवेशनले रामबहादुरको अध्यक्षतामा २१ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो ।

मानन्धर युवा संघ मानन्धर थर भएका युवाहरुको संगठन हो । यसमा मानन्धर थर भएका युवाहरु मात्रै सहभागी हुन पाउँंछन् । मानन्धर भक्तपुरका धेरै थरहरुमध्ये एउटा चर्चित थर हो । यहाँं मानन्धर थर भएकाहरुको पनि उतिकै बाहुल्यता छ । यसबाहेक यहाँं सुवाल, दुवाल, प्रजापतिलगायतका थर भएको परिवारको पनि उतिकै बाहुल्यता रहेको छ ।

यसबाहेक यहाँं राजोपाध्याय थरका उच्च वर्गका मानिने बाहुनदेखि तल्लो बर्गका मानिने शाही, नापित आदि इत्यादि गरी एक हजार भन्दा वढी थर रहेको बताइन्छ ।