बलिवुड फिल्म धड़कको सिक्वेलको घोषणा, सिद्धान्तको अपोजिट तृप्ती

everest kitchen

काठमाडौँ । बलिवुडका फिल्म निर्माता एवम निर्देशक करण जोहरले फिल्म धड्कको सिक्वेलको घोषणा गरेका छन् । यो फिल्म ‘धडक २’ हुनसक्छ जुन सन् २०१८ मा जान्हवी कपुरको फिल्मको स्ट्यान्डअलोन सिक्वेल हुनेछ ।

यो फिल्म मार्फत ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी पहिलो पटक करण जोहरसँग काम गर्दैछिन् । फिल्म ‘गली ब्वाई’ फेम सिद्धान्त चतुर्वेदी तृप्तीको अपोजिटमा देखिनेछन् ।

फिल्म धर्मा प्रोडक्सन, जी स्टुडियो र क्लाउड ९ पिक्चर्सको सहकार्यमा निर्माण हुन लागेको हो । यो वर्ष यो नोभेम्बर 22 मा रिलिज हुने छ ।

निर्माण पक्षले फिल्मको सेनेटिक १ मिनेटको टिजर सार्वजनिक गरेको छ । फिल्मको टिजरबाट कथा प्रष्ट हुन्छ । योसँगै यो फिल्म ‘धडक’ को सिक्वेल हो भन्ने थाहा भएपछि फेरि एकपटक दुई प्रेमी–प्रेमिका परिवारका लागि लड्ने देखिएका छन् ।
‘धडक’ मराठी फिल्म ‘सैराट’ को रिमेक थियो।

श्रीदेवीकी छोरी जान्हवी कपुरले सन् २०१८ मा ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । जसमा उनको अपोजिट इशान खट्टर देखिएका थिए । फिल्मको पछाडि शशांक खेतान र निर्माता करण जोहर थिए ।

यो २०१६ को मराठी फिल्म ‘सैराट’ को रिमेक थियो । ४१ करोडमा बनेको यो फिल्मले बक्स अफिसमा ११० करोड कमाएको थियो ।