टी-२० विश्वकप: ओमानमाथि नामिबियाको सुपर ओभरमा जित

everest kitchen

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी शुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा जित हासिल गरेको छ ।

ओमानले दिएको केवल ११० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउदै १०९ रन बनाएर बराबरी गरेपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो ।

सुपर ओभरमा नामिबियाले २२ रनको लक्ष्य दिएको थियो भने ओमानले एक विकेट गुमाएर १० रन बनाएको थियो ।

यस अघि नामिबियाको जितमा जान फ्राइलिंकले सर्बाधिक ४५ रन बनाएका थिए भने निकोलस डाभीनले २४ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै १०९ रन बनाएको थियो । ओमानका लागि खालिद कैलले सर्बाधिक ३४ रन बनाएका थिए भने जिशान मक्सूदले २२ तथा आयान खानले १५ रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए भने डेभिड वाइजले ३ विकेट लिए ।

यो जितपछि समुह बी मा रहेको नामिबियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब नामिबियाले अर्को खेल जुन ७ मा स्कटल्याण्डसँग खेल्ने छ भने ओमानले जुन ६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका रहेको छ ।