लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

everest kitchen

काठमाडौँ । जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीलके हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए ।

यो जितपछि जर्मनीको समुह ए मा २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । यो जितपछि जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ ।

त्यसैगरी हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीजरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ ।