बुद्ध जयन्ती कार्यक्रममा सहयोग गर्नेहरु सम्मानित

everest kitchen

२५६८ औं बुद्ध जयन्ती (वेशाक डे) कार्यक्रम आयोजक समिति तथा नेपाल राजदुतावासले सहयोगिहरुलाई सम्मानित गरेको छ ।
यहि मे २२ तारिख सम्पन्न कान्डिया हल ब्रिकफिल्डमा औपचारिक कार्यक्रम र त्यसपछि रथ यात्रा कार्यक्रममा सहयोगि भूमिका खेलेका बिभिन्न संघ संस्था, ब्यापारीक संस्था, ब्यक्तिहरुलाई बुद्ध जयन्ती आयोजक समिति र नेपाल राजदुतावासले एक कार्यक्रम गरि धन्यवाद पत्रका साथ दोसल्ला, खादा तथा धन्यवाद चिनो प्रदान गरेको छ ।
सम्मान कार्यक्रममा नेपाल राजदुतवास मलेसियाका राजदुत डिल्लीराज पौडेलले कार्यक्रम आयोजना गर्ने आयोजक, सहयोगि भूमिका खेल्ने सबैलाई धन्यवाद दिदै सबै जना एक जुट भएर कार्यक्रम सफल बनाउन भूमिका खेलेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा नेपाल राजदुतावासको तर्फबाट धन्यवाद पत्र राजदुत डिल्लीराज अधिकारीले प्रदान गर्नुभएको थियो भने नेपाली ब्यवसायी समाज मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बुले दोसल्ला ओढाउनु भएको थियो । त्यसेगरि बुद्धजयन्ती आयोजक समितिका आर्थिक संयोजक नेत्र केसीले खादा दिएर सम्मान गर्नुभएको थियो भने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राई धन्यवाद चिनो दिनुभएको थियो ।
कार्यक्रमको आर्थिक प्रतिवेदन बुद्ध जयन्ती आयोजक समिति संयोजक नेत्र केसीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन र दोश्रो चरणको दोसल्ला प्रदान नेपाल राजदुतावासकी उपनियोग प्रमूख मुदिता बज्राचार्यले गनृुभएको थियो ।