अस्ट्रियासँग नेदरल्याण्डस स्तब्ध

everest kitchen

काठमाडौँ । अस्ट्रियाले नेदरल्याण्डसमाथि जित हसुल गर्दै जारी युरोकपको नक आउट चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रियाले नेदरल्याण्डसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

अस्ट्रियाको जितमा रोमानो स्मिड र मार्सल सबिटाइजरले एक एक गोल गरेका थिए भने एक गोल नेदरल्याण्डसका डोनयल मालेनले आत्मघाती गोल गरेका थिए । त्यस्तै नेदरल्याण्डसका लागि कोडी गाक्पो र मेम्फिस डिपेले एक एक गोल गरेका थिए ।

तस्तै समुह डी अन्तर्गत नै गएराती सम्पन्न अर्को खेलमा फ्रान्स र पोल्याण्ड गोल रहित बराबरी खेलेका छन् । बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।

अब समुह डी बाट अस्ट्रिया ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ भने फ्रान्स दोस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस ४ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने भने आउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

त्यस्तै ३ खेलमा एक बराबरी र २ खेलमा हर बेहोरेको पोल्याण्ड भने समुह चरणबाटै बाहिरिएको छ ।