जयसूर्या बने श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक

everest kitchen

काठमाडौँ । सनथ जयसूर्या श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बनेका छन् ।

श्रीलंका क्रिकेट बोर्डले सोमबार जयसूर्यालाई राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षक बनाएको जानकारी दिएको हो ।

श्रीलंका क्रिकेट टिमको टी-२० विश्वकपमा खराब प्रदर्शनपछि तत्कालिन प्रशिक्षक क्रिस सिल्भरवूडले राजीनामा दिएपछि प्रशिक्षक पद खालि थियो ।

अब जयसूर्याले भारतविरुद्धको घरेलु सिरिज र सेप्टेम्बरमा हुने ईङल्याण्ड टूरसम्मका लागि प्रशिक्षकको भूमिका निभाउने बोर्डले जानकारी दिएको छ ।

जयसूर्या श्रीलंकाका सफल क्रिकेटर मध्ये एक हुन् । उनले एकदिवसीय क्रिकेटमा १३ हजारभन्दा बढी रन बनाएका छन् भने ३२३ विकेट समेत लिएका छन् ।