बाढी-पहिरोको क्षति बारे संसदमा जानकारी दिन लेखकको माग

everest kitchen

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरु संसदमा आउन छोडेको र बाढी पहिरोबाट भएको क्षति बारे अहिलेसम्म जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

लेखकले सरकार अल्पमतमा परेको र विश्वासको मत लिने तयारी गरेको छ, तर पनि पदमा रहुन्जेल संसद र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउदै बाढी पहिरोको क्षतिको संसदलाई जानकारी दिन आग्रह गरेका छन् ।

आजकै बैठकमा कांग्रेस सांसद एनपी साउदले कैलाली कन्चनपुरमा अहिलेसम्मकै बढी बर्षा भएको बताउदै सरकारले तत्काल राहत र उद्धारको काम अगाडी बढाउन माग गरेका थिए ।