म नेपाली नागरिक नै हुँ, कुनै देशको पिआर लिएकी छैन- शिक्षामन्त्री श्रेष्ठ

everest kitchen

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफु नेपाली नागरिक नै रहेको बताएकी छन् ।

मन्त्री श्रेष्ठले राष्ट्रिय सतर्कता केन्द्रले नागरिकताको विषयमा पत्र पठाएको जानकारी दिदै आफुले कुनै देशको पीआर वा नागरिकता नलिएको बताएकी छन् ।

उनले आफुले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले सो अनुसार जवाफ दिएको बताएकी छन् । उनले आरोप आफैमा अस्पष्ट रहेको बताउदै कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र आरोप पूर्णतः निराधार रहेको र आफुले छानबिनमा पूरा सहयोग गर्ने बताएकी छन् ।

उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्न आग्रह गरेकी छन् ।