कस्तो छ आजको मौसम पूर्वानुमान ?

everest kitchen

काठमाडौँ । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र आज रातीबाट उक्त रेखा अझ नेपालतिर सर्ने  सम्भावना देखिएको छ।

हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  केहि  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  केहि  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी देखि अति भारी  वर्षाको सम्भावना रहेको छ ।