संसद सचिवालयको पत्र शीतलनिवासमा, राष्ट्रपतिले आजै सरकार गठनको आव्हान गर्ने

everest kitchen

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आज लिएको विश्वासको मतमा केवल ६३ मत मात्र प्राप्त गरेपछि उनी पदमुक्त भएका थिए । सो व्यहोराको पत्र संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पठाएको छ । अहिले सो पत्र राष्ट्रपति कार्यालय पुगिसकेको बताइएको छ ।

संसद सचिवालयको पत्र पुगेसँगै आजै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आव्हान गर्ने भएका छन् ।

साथै कांग्रेस र एमालेले राष्ट्रपतिले सरकार गठनको आव्हान गर्नासाथ आजै नयाँ सरकारको दाबि पेश गर्ने बताएका छन् ।