जोकोभिचलाई हराउदै अल्काराजले जिते विम्बल्डनको उपाधि

everest kitchen

काठमाडौँ । स्पेनका कार्लोस अल्काराजले यस बर्षको विम्बल्डन पुरुष सिंगलको उपाधि जितेका छन् ।

अल्काराजले सर्बियाका नेभाक जोकोभिचलाई सोझो तीन सेटमा पराजति गर्दै लगातार दोस्रो बर्ष विम्बल्डनको उपाधि जितेका छन् । २१ बर्षिय अल्काराजले ६-२, ६-२, र ७-६ को सोझो सेटमा जोकोभिचलाई पराजित गरेका हुन् । उनले २०२३ को फाइनलमा पनि जोकोभिचलाई पराजित गर्दै उपाधि जितेका थिए ।

युवा खेलाडी अल्कारेजको यो चौथो ग्राण्ड स्लाम उपाधि हो । उनले दुई विम्बल्डनसहित यसै बर्ष फ्रेन्च ओपन र २०२२ मा युएस ओपन जितेका थिए ।

त्यस्तै यस अघि सात पटक विम्बल्डन जितेका जोकोभिच लगातार दोस्रो बर्ष उपविजेता बनेका छन् । २०२३ मा अस्ट्रेलियन, फ्रेन्च र युएस ओपन जितेका जोकोभिच यस बर्ष भने उपाधि विहिन बनेका छन् ।