कस्तो छ आजको मौसम पूर्वानुमान ?

everest kitchen

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  कोशी र बागमती प्रदेशका पहाडी भू-भाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ ।