जनजाति महासंघ र घेदुङ मलेसियाको आर्थिक सहयोगमा पर्शुराम नेपाल फर्किए

everest kitchen

क्वालालम्पुर । बिगत २० बर्ष देखि मलेसियामा परिवार सँग सम्पर्क बिहिन रहेका पर्शुराम तामाङ नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र नेपाल तामाङ घेदुङ मलेसियाको आर्थिक सहयोगमा नेपाल फर्किएका छन ।

पर्शुरामको सहजीकरणका लागि नेपाली राजदुतावासले यात्रा अनुमती पत्र नि:शुल्क उपलब्ध गराएको थियो भने महासंघले अध्यागमन जरिवाना र घेदुङ मलेसियाले टिकटको ब्यबस्था गरेको थियो । सम्पुर्ण कार्यको सहजीकरण समन्वय प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) को रहेको थियो।

कुनै पनि कागज नभएको पर्शुरामको यात्रा अनुमती पत्र बनाउन खोटाङ जिल्लाको साविक बाक्सिला गाविस वडा नम्बर २ हालको केपिलासगढी गाउपालिका वडा नम्बर ४ का प्रहरी र जिल्ला बाट चाहिने आवश्यक कागजात वडा अध्यक्ष खड्ग बहादुर तामाङ जुटाई सहजीकरण गरिएको थियो।