कस्तो छ आजको मौसम पूर्वानुमान ?

everest kitchen

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा  मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी देखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ।