समयमा नै ग्रावल उत्त्खनन नहुदा पुर्व-पशिम राजमार्गको बेलागाछी पुल क्षतिग्रस्त

everest kitchen

बिशाल बस्नेत ।

१६ साउन, महोत्तरी

समयमा नै ग्रावल उत्त्खनन हुन् नसक्दा पुर्व-पश्मि राजमार्ग अन्तर्गत बेलागाछी पुल बाढीका कारण क्षतिग्रस्त भएको छ ।

गयराती आएको अविरल बर्षाका कारण क्षतिग्रस्त भएको उक्त पूलवाट आवतजावत गर्न कठिनायी वनेपछि ठुला मालवाहक गाडी र यात्रुवाहक बस सडकमा नै रोकेर राखिएको छ ।

बर्दिवास बजारवाट ७ किलोमिटर पश्मिमा रहेको उक्त पूल बाढीले विच भागवाट क्षति पुर्र्याएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार अहिले हलुका गाडी र मोटरसाइकललाई स्काभेटरको माध्यमले ओहोरदोहोर गराइएको छ भने ठुला गाडी र यात्रुवाहक बसलाई बैकल्पित सडक वनाएर राजमार्गमा रहेको जाम केही समयमा नै खोलिने छ ।

बाढीले ल्याएको ग्रावल पूलसम्म नै आईपुग्दा क्षति पुगेको स्थानियहरुले वताए । ‘हामीले पूलसम्म आईपुगेको ग्रावल उत्त्खनन गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थियौ तर यसमा कुनै चासो नदेखाएपछी आज यो क्षति भयो ।’ स्थानीय युवा शैलेशमणि दाहालले भने । ‘विपद अवस्थालाई मध्यनजर गरेर ग्रावल उत्त्खननमा जोड नदिए अन्य धेरै ठाँउका पुल जोखिममा छन ।’

अहिले काठमाण्डौ, हेटौडा, बिरगंज लगायतका ठाँउहरुमा जाने सवारीसाधन विच वाटो नै रोकिएर बसेका छन । तर यात्रुहरुको मार्कालाई मध्यनजर गर्दै बैकल्पित सडकको माध्यमवाट आवतजावतमा सहजीकरण काम भईरहेको इलाका प्रहरी कार्य वार्दिवासका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए ।