निगमले घटायो इन्धनको मुल्य

everest kitchen

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ ।

निगमको बुधबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

घटेको मुल्य बुधबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७० रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १५८ भएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूची घटेर आएकोले मुल्य घटाएको जानकारी दिएको छ ।