नेपालले जित्यो काभा बिच भलिबलको महिलातर्फको उपाधि

everest kitchen

काठमाडौँ ।  भुटानको थिम्पुमा शनिबार  सम्पन्न काभा बिच भलिबलको महिला तर्फ नेपालकी कमला र मनीषाको जोडी उपाधि जित्न सफल भएका छन् ।

उज्बेकिस्तान खेलाडीलाई लाई २-० को सोझो सेटमा हराउँदै कमला पुन‌ र मनीषा चौधरीको‌ जोडी उपाधि जित्न सफल भएका हुन ।  उनीहरुले  २१-१७ र २१-१४ को जितसहित स्वर्ण पदक जित्न सफल भएका छन् ।

पुरुष तर्फ भने नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी उपबिजेतामा बनेका छन् । उनीहरु मालदिभ्स ए टिमका खेलाडीसँग  २-० को सोझो सेटमा पराजित हुँदै उपाधि जित्न असफल भएका हुन । यस प्रतियोगितामा पुरुष तर्फ १० टोली र महिला तर्फ ७ टोलीको सहभागिता रहेको थियो ।