पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा

everest kitchen

काठमाडौँ । जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

क्वाटरफाइनलमा ब्राजिलले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गरेको छ ।

त्यस्तै स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-२ अन्तरले पराजित गरेको थियो भने अमेरिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

अब सेमिफाइनलमा अमेरिकाले जर्मनीको सामना गर्ने छ भने ब्राजिलले स्पेनको सामना गर्ने छ । सेमिफाइनलका खेलहरु आगामी मंगलबार हुने छन् ।