पेरिस ओलम्पिक समापन, २०२८ मा लस एन्जलसमा हुने

everest kitchen

काठमाडौँ । खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गए राति सम्पन्न भएको छ । फ्रान्सको स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए ।

७० हजारभन्दा बढी दर्शकको उपस्थितिमा पेरिसका मेयर एनी हिडाल्गोले २०२८ को आयोजक अमेरिकी सहर लस एन्जलसका मेयर करेन बासलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेकी छन् । योसँगै चार वर्षपछि हुन लागेको लस एन्जलस ओलम्पिकको काउन्टडाउन सुरु भएको छ ।

ओलम्पिक टर्च निभाएर लियोन मार्चान्ड लगायतका चुनिंदा एथलीटहरूको तीन घण्टाको समारोह औपचारिक रूपमा समाप्त भएको हो । यस अवधिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पनि उपस्थित थिए । यस क्रममा हलिवुड अभिनेता टम क्रुज, बिली इलिश, स्नुप डग र डा. ड्रेले आफ्नो प्रस्तुति दिएका थिए । यससँगै ओलम्पिकको गोल्डेन भोयाजरको खोजले पनि फ्यानहरूको मन जित्यो । यसलाई थोमस जोलीले निर्देशन गरेका थिए । त्यसपछि एन्जेले, कमिसकी र र्‍यापर ओनेडाले फ्रान्सेली ब्यान्ड फिनिक्सको प्रदर्शनमा प्रस्तुति दिएका थिए ।

समापन समारोहमा सबै २०५ देशका झण्डा वाहकहरूले स्टेट डे फ्रान्स स्टेडियममा ७० हजारभन्दा बढी दर्शकको अगाडि कुँदिएको विश्व नक्साको परिक्रमा गरेका थिए । सबै देशका खेलाडीले दर्शकलाई अभिवादन गर्दै रंगशाला पुगेका थिए । अधिकांश पदक विजेताहरूको घाँटीमा पदक थियो ।

समापन समारोहको सबैभन्दा ठूलो आकर्षण पेरिस ओलम्पिकलाई सफल बनाउने ४५ हजार स्वयंसेवक थिए । पेरिस ओलम्पिक २०२४ समितिका अध्यक्ष टोनी एस्टान्गुटोनले फ्रान्स सरकार, स्वयंसेवक, सुरक्षाकर्मी, प्रहरी, पेरिसका मेयर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सबैलाई धन्यवाद दिए ।

पेरिस ओलम्पिकको पदक तालिकामा सबैभन्दा शिर्ष स्थानमा अमेरिका रहेको छ । ४० स्वर्ण ४४ रजत र ४२ काश्य पदकसहित अमेरिका शिर्ष स्थानमा रहयो । त्यस्तै चीन पनि ४० स्वर्ण, २७ रजत र २४ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी नेपालले भने यस ओलम्पिकमा कुनै पदक जित्न सकेन । यस ओलम्पिकमा नेपालका सात खेलाडीले भाग लिएका थिए ।