बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’

everest kitchen

ढाका, बंगलादेशमा प्रदर्शनकारीहरूले १९७१  युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् ।

मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो।

१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।  उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे। उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो ।

तर, सो स्मारक भत्काएको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

‘युनुस मोहम्मद भारतका लागि खतरा छैनन्’
यद्धपी, कांग्रेस नेता शशि थरुरले एक अन्तर्वार्तामा मोहम्मद युनुस भारतका लागि खतरा नभएको बताएका छन् ।

उनले युनुसको पाकिस्तानको आईएसआई वा जमातए-इस्लामीसँग कुनै सम्बन्ध नभएको बताए। उनीहरु अमेरिकासँग नजिक छन् । यस्तो अवस्थामा उनको अन्तरिम सरकार गठनले भारत–बंगलादेश सम्बन्धमा खासै प्रभाव पार्ने छैन ।