मकवानपुरमा श्रीमानद्वारा श्रीमतीको निर्मम हत्या

everest kitchen

मकवानपुर, मकवानपुरमा श्रीमानद्वारा सोमबार साँझ श्रीमतीको हत्या गरिएको छ। कैलाश गाउँपालिका-५ काफलडाँडा निवासी २८ वर्षीय मंगलबहादुर पाख्रिनले आफ्नी १८ वर्षीया श्रीमती लक्ष्मी पाख्रिनमाथि बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

वडाध्यक्ष छेकु लामाका अनुसार, मानसिक रोगको औषधि सेवन गर्दै आएका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेका थिए।
घटनाको जानकारी पाएपछि छिमेकीहरूले मंगलबहादुरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पालुङलाई सूचित गरेका थिए।

प्रहरीले सोही राति मंगलबहादुरलाई पक्राउ गरी पालुङस्थित प्रहरी हिरासतमा राखेको छ। दम्पतीको १३ महिनाकी एक छोरी रहेकी छिन्।