बिधुत शुल्कः ‘महालेखा भन्छ- २२ अर्ब उठाउनु भन्छ, प्रचण्ड सरकार भन्छ- ६ अर्ब मात्रै उठाउनु’

everest kitchen

काठमाडौं, २९ साउन । महालेखा नियन्त्रण कार्यालयले २२ अर्ब उठाउनु भन्दा भन्दै पनि तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारले भने ६ अर्ब भन्दा नउठाउनु भनेर निर्देशन दिएको खुलासा भएको छ ।

कुलमान घिसिङ नेतृत्वको बिद्युत प्राधिकरणले १६ अर्ब छुट दिए पछि सार्वजनिक लेखा समितिले छलफल चलाएको जनाउँदै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ब्यावसायी र प्राधिकरण नेतृत्वको मिलोमतोमा भएकोसमेत जनाए ।

‘२०८१ बैशाख २१ गते प्रचण्ड नेतृत्वको सरकारले ६ अर्बको मात्रै बिल पठाउनु भनेर निर्देशन दिएको थियो, खासमा १६ अर्ब छुट दिलाउनका लागि तत्कालिन सरकारको नेतृत्व, ब्यावसायी र प्राधिकरणको मिलोमतो देखिन्छ,’ उनले भने ।

बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य भएर लेखा समितिमा छलफल चलाउनु परेको खुलेको हो ।