राजासहित अटाउने ब्यवस्थाले देशको दिगो बिकास: कमल थापा

everest kitchen

काठमाडौं, २९ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने भन्दै तत्काल मार्गचित्र परिबर्तन जरुरी भएको बताएका छन् ।

 

आज राप्रपा नेपाल काठमाडौं ५ नम्बर क्षेत्रद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजादेखि सबै अटाउन सक्ने ब्यबस्थाले मात्र मुलुकको आर्थिक,सामाजिक,राजनैतिक हित गर्ने बताएका छन् । थापाले आर्थिक समृद्धिको नारा गफबाट नभई कामबाट प्रमाणित गर्न आबश्यक भएको समेत बताए ।

 

काङ्ग्रेस,एमाले माओवादीको बिकल्पमा राप्रपा नेपालले मात्र बिचार दिनसक्ने भन्दै थापाले संगठन निर्माण र महाधिवेशन सम्पन्न गर्न कार्यतालिका अनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

 

प्रशिक्षणमा अध्यक्ष थापा सहित डाक्टर बिष्णु भण्डारी , जयकुमार खड्का, राजाराम बर्तौला “चुनेली”, सन्तोष अधिकारी लगायतले बोलेका थिए ।