मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुसबीच फोनवार्ता

everest kitchen

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसबीच फोनवार्ता भएको छ ।

बंगलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि मोहम्मद युनुस र प्रधानमन्त्री मोदीबीचको यो पहिलो वार्ता हो ।

मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई मोहम्मद युनुसको फोन आयो । यस क्रममा हामी दुबैले बंगलादेशको वर्तमान अवस्थाको बारेमा कुरा गर्यौं ।’
,मोदीले भनेका छन्- ‘मैले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बंगलादेशको लागि भारतको समर्थन दोहोर्याएको छु । उनले (मोहम्मद युनुस) बंगलादेशमा हिन्दू र सबै अल्पसंख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन् ।’

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनपछि शेख हसिनाले अगस्ट ५ मा बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी भारतमा रहेकी छन् ।

अहिले बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार छ । युनुस नोबेल पुरस्कार विजेता एक प्रख्यात अर्थशास्त्री हुन् ।