प्रहरीद्वारा रौतहटमा १५ लाख बढीको अबैध सामान बरामद

everest kitchen

रौतहट । रौतहटस्थित प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका ईकाईहरुले जिल्लाको बिभिन्न नाका हुँदै तस्करले भित्र्याएको सामानहरू बरामद गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार प्रहरी टोलीले १ लाख ७४ हजार ९९६ रुपैया बराबरको लत्ताकपडा, ३ लाख ७४ हजार २७३ बराबरको किराना सामान, ४ लाख ४० हजार हुन्डीको रकम ४ लाख ७४ हजार २२० बराबरको दुई मोटसाइकल सहित सौंफि रक्सी ५५ हजार ९८० बराबरको हार्डवेयर बरामद भएको हो ।

बरामद सामानहरू आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।