बारामा नेपाली नागरिकताको प्रमाणपत्र वितरणमा उल्लेख्य वृद्धि

everest kitchen

सुरुची भण्डारी, बारा
जिल्ला प्रशासन कार्यालय बारा तथा बारामा रहेका ईलाका प्रशासन कार्यालयहरूले आर्थिक वर्ष २०८०÷२०८१ मा ४७ हजार २८५ जनालाई नेपाली नागरिकताको नयाँ तथा प्रतिलिपि प्रमाण पत्र वितरण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको प्रगति विवरण अनुसार, यस अवधिमा १९ जनाले अङ्गिकृत नागरिकता प्राप्त गरेका छन् भने ७ जनाले जन्मसिद्ध नागरिकता लिएका छन् ।
जिल्लामा वैवाहिक अङ्गिकृत नागरिकताको प्रमाण पत्र वितरणमा पनि उल्लेख्य वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय बाराबाट १ हजार २ सय ५४ र ईलाका प्रशासन कार्यालय सिम्रौनगढबाट १ सय ५८ जना गरी कूल १ हजार ४ सय १२ जनाले वैवाहिक अङ्गिकृत नागरिकता बनाएका हुन ।
जिल्ला प्रशासन कार्यालय बाराबाट १० हजार २ सय ४ महिला र १० हजार ८ सय ३० पुरुष गरी कूल २१ हजार ३४ जनाले नेपाली नागरिकताको नयाँ प्रमाण प्राप्त गरेका छन् ।
यसैगरी ईलाका प्रशासन कार्यालय सिमराले ४ हजार ३ सय २१ जना, सिम्रौनगढले १ हजार ६ सय ४ तथा इलाका प्रशासन कार्यालय कोल्हवीबाट १ हजार ९ जना गरी कूल ६ हजार ३४ जनाले नेपाली नागरिकताको नयाँ प्रमाण पत्र प्राप्त गरेका छन् ।
कार्यालयबाट नागरिकताको प्रतिलिपि पनि उल्लेख्य संख्यामा वितरण भएको पाइएको छ । जसअनुसार जिल्ला प्रशासन कार्यालय बारा कलैयाबाट १२ हजार ५ सय १५, इलाका प्रशासन कार्यालय सिमराबाट ४ हजार ८ सय ६२, सिम्रौनगढबाट १ हजार १८ र कोल्हवी इलाकाबाट ९ सय २८ जम्मा १९ हजार ३ सय १७ जनाले नागरिकताको प्रतिलिपि प्रमाण पत्र लिएका छन ।