आन्ध्रप्रदेशमा एक उद्योगमा आगलागी हुदाँ १८ जनाको मृत्यु

everest kitchen

हैदाराबाद, ६ भदौं । आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ ।

सो दुर्घटना परी अहिलेसम्म १८ जनाको मृत्यु भएको जानकारी स्थानिय प्रहरीले दिएको छ । हिजो अबेर राति प्रशासनले १७ जनाको मृत्यु भएको पुष्टि गरेको थियो भने ३६ जना घाइते भएका जनाएको थियो ।

सबैलाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको छ। घटना अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा भएको हो । प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट भएको बताए । जसका कारण भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको थियो ।

कारखानामा दुई सिफ्टमा ३ सय ८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको सङ्ख्या बढी हुन सक्ने स्थानीयले बताएका छन् । घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएका थिए । जसका कारण क्षति कम भएको जनाईएको छ ।

पहिलो तल्लाबाट दोस्रो तल्लामा सोल्भेण्ट तेल पम्प गर्ने क्रममा चुहावट भई आगलागी भएको अधिकारीहरुले बताएका छन् । यसले ५०० किलोलिटरको क्यापेसिटर रिएक्टरमा विस्फोट गराएको थियो ।

मध्यवर्ती रसायन र सक्रिय औषधि सामग्री (एपीआई) को निर्माता एसिएंटिया एडवांस्ड साइंसेजले २०० करोड रुपैयाँको लगानीमा यो कारखाना सुरु गरेको हो। यसको उत्पादन अप्रिल २०१९ मा सुरु भएको थियो।