विदेशी दबाब र प्रभाबमा लादिएको ब्यबस्था टिक्दैन- कमल थापा

everest kitchen

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक ब्यबस्था आबश्यक भएको बताएका छन् । काठमाडौंको थानकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले बिदेशी प्रभाव र दबाबमा लादिएको ब्यबस्था टिकाउ नहुने समेत बताए ।

गणतन्त्र,धर्मनिरपेक्षता र संघीयताको बिकल्प राप्रपा नेपालसङ्ग मात्र भएको भन्दै थापाले सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाई राख्ने बताए ।

संघीयताको स्वरुप नबदली आर्थिक रुपमा संघीयता मुलुककले धान्न नसक्ने भन्दै प्रदेश संरचना आबश्यक नभएको जिकिर गरे । भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै अब नयाँ राष्ट्रबादी आन्दोलन मुलुकको लागि जरुरी भएको उल्लेख गरे । राप्रपा नेपाल उठाउने र बनाउनेमा कसैले शड्ढा नगर्न  तर निरन्तर मेहनत गर्न कार्यकर्तालाई थापाले  आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारी , उत्तम लामा ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।