वोल्भ्समाथि चेल्सी शानदार जित

everest kitchen

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वोल्भ्सविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले वोल्भ्सलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गरेका थिए भने निकोलस ज्याक्सन, कोल पाल्मर र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । एटलेटिको म्याड्रिडबाट चेल्सीमा परमानेन्ट रुपमा आएपछि खेलेको पहिलो खेलमा फेलिक्सले गोल गर्दै आफ्नो शानदार शुरुवात गरेका छन् ।

त्यस्तै वोल्भ्सका लागि माथेउस चुन्हा र जोर्गेन लार्सेनले एक एक गोल गरेका थिए ।

यो जितपछि यस सिजनको पहिलो खेलमा हार बेहोरेको चेल्सीको २ खेलमा ३ अंक भएको छ भने वोल्भ्सले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।